कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत
बुधबार, २५ चैत २०८२, १७ : १४
सारांश
- कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनको राजीनामा स्वीकृत गरेका छन्।
- ६५ वर्ष उमेर पूरा भएपछि चर्को दबाबका कारण उनले राजीनामा दिएका हुन्।
सुर्खेत। कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनको राजीनामा स्वीकृत गरेका हुन्।
बुढाथोकीले मंगलबार साँझ राजीनामाका लागि निवेदन पेस गरेका थिए । उनले ६५ वर्ष नाघेसँगै पदबाट राजीनामा दिएका हुन्।
तर राजीनामा निवेदनमा उनले घरायसी कारण भनेर उल्लेख गरेको स्वीकृत पत्रमा उल्लेख छ।
६५ वर्ष उमेर पूरा भए पनि पदमा टाँसिरहन सङ्घर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चार माध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो । चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन तयार भएका हुन् ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण