बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शैक्षिक संस्थाहरूमा हुने दुर्व्यवहार विरूद्ध ‘शून्य सहनशीलता’ नीति अङ्गीकार गरिएकाे छ : मन्त्री पाेखरेल

बुधबार, २५ चैत २०८२, १७ : ३१
बुधबार, २५ चैत २०८२

सारांश

  • शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाहरूमा हुने दुर्व्यवहार विरूद्ध 'शून्य सहनशीलता' नीति अङ्गीकार गरिएको बताएका छन्।
  • विद्यार्थीका गुनासो सुन्न र तत्काल कारबाही अगाडि बढाउन सरकारले विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।
  • पीडितको पहिचान गोप्य राख्दै सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न मन्त्रीले सबैमा आग्रह गरेका छन्।

काठमाडौँ । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरिएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याइएको उनले बताए। 

पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दै, निर्धक्क भई लिंक मार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध समेत गरेका छन्। 

सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको अभियानमा सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको समेत मन्त्री पोखरेलले बताए।  

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप