स्पेनले तेहरानस्थित दूतावास ल्यायो पुनः सञ्चालनमा
सारांश
- स्पेनले तेहरानमा रहेको आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याएको छ।
- शान्तिको सम्भावना बाँकी रहेको भन्दै विदेशमन्त्री जोस म्यानुयल अल्बारेसले यो निर्णयको घोषणा गरेका छन्।
- इजरायलले स्पेनको यो कदमको कडा आलोचना गरेको छ।
काठमाडौँ । स्पेनले तेहरानमा रहेको आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याएको छ । अमेरिका–इरानबिचको नाजुक युद्ध विरामबिच “शान्तिको सम्भावना अझै बाँकी रहेको” भन्दै यस्तो निर्णय गरिएको स्पेनका विदेशमन्त्री जोस म्यानुयल अल्बारेसले बिहीबार बताएका हुन् ।
सङ्घर्ष सुरु भएयता स्पेनले इरानमाथि गरिएको अमेरिकी सैन्य कारबाहीको खुलेर आलोचना गर्दै आएको छ । स्पेनले आफ्नो सैन्य आधारहरू प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थिएन ।
यसलाई अन्य युरोपेली सहयोगी राष्ट्रहरूको तुलनामा कडा धारणा देखाएको मानिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले अमेरिका–इजरायलद्वारा इरानमा गरिएका आक्रमणलाई लापरवाह र गैरकानुनी भन्दै आलोचना गरेका थिए । विश्वका लागि हानिकारक काममा स्पेन संलग्न नहुने उनले स्पष्ट पारेका थिए ।
म्याड्रिडले आफ्नो राजदूतलाई पुनः इरान पठाउने निर्णय गरेपछि भने इजरायलका विदेशमन्त्री गिदोन साउरले कडा प्रतिक्रिया दिएका छन् । उनले स्पेनको कदमलाई आतङ्कवादी शासनसँग हातेमालो गरेको भनेका छन् । यस घटनाले इरान–अमेरिका तनावबिच युरोपेली राष्ट्रहरूबिचको धारणा विभाजनलाई समेत उजागर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
-
‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’ र ‘छोरीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिँदै मौलापुरले ल्यायो ४२ करोडको बजेट
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण