बिटुमिन अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो
सारांश
- अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव हुँदा निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ।
- मध्यपूर्वको तनावका कारण आपूर्ति प्रभावित भएपछि १२.२ किलोमिटरमध्ये बाँकी ६ किलोमिटर सडकको कालोपत्रेको काम प्रभावित भएको हो।
- डिजेलको अभाव र बिटुमिनको कमीले गर्दा आयोजनाको प्रगति ८८ प्रतिशतमा पुगेर अवरुद्ध भएको छ।
काठमाडौँ । सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ ।
निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे।भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए ।
बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिहरको घिमिरे बताउँछन् । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरे बताउँछन् ।
कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्र गर्न करिब ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताए । तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्र सम्पन्न हुने घिमिरेले जानकारी दिए ।
निर्माण व्यवसायीहरूले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउँछन् । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरुबाट उपलब्ध हुन नसकेको ओझाले बताए ।
नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगती ८८, र वित्तिया प्रगती ८२ प्रतिशत रहेको छ । बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रुपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण