शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको वामपन्थीकरण किन?

शुक्रबार, २७ चैत २०८२, ११ : ५०
शुक्रबार, २७ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसको आर्थिक पारदर्शिता, वैचारिक स्खलन र नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै पार्टीभित्र वामपन्थीकरण भएको आरोप लगाइएको छ।
  • पार्टी नेतृत्वले कार्यकर्ताबाट संकलित शुल्कको स्पष्ट विवरण सार्वजनिक गर्न र टिकट वितरण प्रक्रियामा देखिएको अपारदर्शिताको छानबिन गर्नुपर्ने माग गरिएको छ।
  • युवा पुस्ताको पार्टीबाट बढ्दो वितृष्णालाई सम्बोधन गर्न नेतृत्वमा नैतिकता, उत्तरदायित्व र पुस्तान्तरणको आवश्यकता औंल्याइएको छ।

८ लाख सक्रिय सदस्यबाट प्रतिदिन रु १ का दरले वार्षिक २९ करोड २० लाख सदस्यता शुल्क उठिरहेको कांग्रेसको  व्यापारी वा विदेशीबाट प्राप्त हुने रकमहरू audit हुने प्रसंगनै भएन। कांग्रेसले क्रियाशील बाहेक प्रतिनिधिहरू इकाईहरू केन्द्रीय समितिहरूबाट निरन्तर ६०/७० करोड वार्षिक शुल्क उठाईरहेको छ त्यस हिसाब जनतासम्म प्रस्तुत नगरेसम्म यसको पुनरोदय असम्भव छ। 

नेपाली कांग्रेसमा वामपन्थीकरण भइसकेको छ। पार्टीको विदेश नीति अहिले स्खलित अवस्थामा छ। कांग्रेसमा ठेकेदारहरूको वर्चस्व छ। कांग्रेसमा “म नयाँ हुँ” भन्छन् भन्ने र “म युवा हुँ” भन्छन् भन्नेहरूको उमेर पचास पुग्दापुग्दै वा क्रमसँगै आधा दर्जन अवसर प्राप्त गर्दै गुटको वर्चस्व बरकरार भइरहेको छ। 

तर यता कांग्रेसको गर्भधारण गर्ने क्षमता पनि रोकिएको छ। जन्मिएका मात्रै होइनन्, डेटा अनुसार ३५ वर्षसम्मका युवा जनताहरू पनि पार्टीबाट विमुख छन्। थापा, शर्मा, पौडेलको सामाजिक सञ्जालबाट कांग्रेसकै साथीहरू माथि तिखा प्रहार भइरहेको छ, तर यो विषय निरूपण गर्न  गगन थापाले कुनै इच्छाशक्ति देखाएका छैनन्।

यो पत्र म कुनै बाह्य व्यक्ति भएर होइन, नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्श र ऐतिहासिक विरासतमा गहिरो विश्वास राख्ने एक प्रतिबद्ध व्यक्तिको रूपमा लेख्दैछु। यही आस्थाका कारण पार्टीको वर्तमान दिशा, आन्तरिक अभ्यास र नैतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्न बाध्य भएको छु। यसकारण पनि पार्टीको जीवनसँग अलग हुनुपर्ने छ कि, यो पत्र वा पार्टीको Overhauling गर्न लेखिएको सुझावहरू ग्रहण गर्न सक्ने क्षमता विशेष महाधिवेशनमा उत्रिएका अनुहारहरूमा छैन भन्ने मेरो निर्क्योल हो। 

आजको नेपालले सिद्धान्तमा आधारित नेतृत्व, स्पष्ट दृष्टिकोण र संस्थागत इमानदारीको माग गरिरहेको अवस्थामा, पार्टी आफैँ विरोधाभासले ग्रसित, अपारदर्शिताले कमजोर र जनताबाट क्रमशः टाढिँदै गएको देखिन्छ। मैले सदैव भ्रष्टाचारको विरोध गर्दै आएको छु, संसद्मा यसबारे प्रश्न उठाएको छु र पार्टी अध्यक्ष तथा मन्त्रीहरूमाथि पनि मुख खोलेको छु पत्रहरू पठाएको छु। यस क्रममा, मैले शक्तिशाली व्यक्तिहरूसँग पनि सङ्घर्ष गर्नुपरेको इतिहास पनि छ, जसले जबाफदेहिता स्वीकार गर्न अस्वीकार गरेका थिए। मैले मिल्दै बलियो हुँदै लत्त्याउँदै हिँड्ने नीति कहिल्यै अख्तियार गरिन। केहि विशिष्ट सन्दर्भमा महामन्त्री तपाई गगन थापाको साथको प्रयासको स्मरण गर्न भुल्दिन म र धन्यवाद पनि छ तर त्यो समयको अनुभव रोचक पनि भन्न मैले छूटाउनु हुँदैन। 

सबैभन्दा पहिले, आर्थिक पारदर्शिताको विषय तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ। दशकौँदेखि पार्टीले देशभरिका कार्यकर्ताबाट सक्रिय सदस्यता शुल्क संकलन गर्दै आएको छ। तर, ती रकम कहाँ र कसरी खर्च भए भन्ने विषयमा कुनै समग्र सार्वजनिक विवरण प्रस्तुत गरिएको छैन। त्यसैले विगतदेखि हालसम्मका सम्पूर्ण आम्दानी र खर्चको विस्तृत अडिट रिपोर्ट सार्वजनिक गर्न म सम्मानपूर्वक आग्रह गर्दछु। उत्तरदायित्व पार्टीभित्रैबाट सुरु हुनुपर्छ।

दोस्रो, पार्टीले आफ्नो वैचारिक अवस्थाको पुनरावलोकन गर्न आवश्यक छ। अस्पष्ट र चयनात्मक रूपमा लागू गरिएका तथाकथित समाजवादी अभ्यासहरूले स्पष्ट दिशा दिनुको सट्टा अन्योल सिर्जना गरेका छन्। नेपाललाई उद्यमशीलता, नवप्रवर्तन र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने व्यावहारिक र दूरदर्शी नीति आवश्यक छ। यसबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ। एकातिर समाजवादको मादल अर्कोतिर Leavy उठाउने नीति यो सर्वाधिक वामपन्थीकरण हो यो जर्मन Manufacturing समाजवाद हैन न प्रतिव्यक्ति/महिना ३ कुखुराको फुल वितरण गर्ने समाजवाद पनि होइन। 

तेस्रो, नेतृत्वको उत्तरदायित्व र पुस्तान्तरणको विषय अत्यन्तै महत्त्वपूर्ण छ। बारम्बार एउटै नेतृत्व दोहोरिनुले जडता र जनस्तरमा निराशा पैदा गरेको छ। लामो समयदेखि नेतृत्वमा रहेका व्यक्तिहरूले जिम्मेवारी बोधका साथ पछाडि हट्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको छ।

यस सन्दर्भमा, नेतृत्वका रूपमा प्रस्तुत हुने गगन कुमार थापाहरूले उच्चतम स्तरको पारदर्शिता र नैतिक उत्तरदायित्व देखाउनुपर्छ। चुरे क्षेत्रबाट वातावरणीय क्षति हुनेगरी स्रोत दोहन तथा जनस्वास्थ्यमा असर पार्ने न्यूनस्तरीय मदिरा उत्पादन/वितरणसँग सम्बन्धित व्यक्तिहरूसँगको सम्भावित सम्बन्धबारे उठेका प्रश्नहरूमा स्पष्ट र पारदर्शी जवाफ आवश्यक छ।

यसैगरी, टिकट वितरण प्रक्रियाले पनि गम्भीर प्रश्न उठाएको छ। पटक–पटक निर्वाचन लडिसकेका व्यक्तिहरूलाई पुनः टिकट दिनु, विवादित छवि भएका व्यक्तिहरू—जस्तै विजय गच्छदारहरूलाई अवसर प्रदान गर्नु, तथा व्यक्तिगत निकटता आफ्नै वाकार्यालयसँग आबद्ध व्यक्तिहरूलाई प्राथमिकता दिएको भन्ने धारणा पार्टीको विश्वसनीयतामाथि प्रश्न खडा गर्ने विषय हुन्।

पञ्चायतकाल र द्वन्द्वकालमा सङ्घर्ष गरेका जनस्तरका कार्यकर्ताहरूको योगदानलाई बेवास्ता गर्न मिल्दैन। उनीहरूको त्यागलाई सम्मान नगरी सुविधाजनक राजनीतिलाई प्राथमिकता दिनु अन्यायपूर्ण हुन्छ।

विशेष सभापति जी, कांग्रेस विशेष महाधिवेशन मेरो पहिलो हस्ताक्षरबाट आरम्भ भएको थियो भन्ने विषय तपाईँलाई अवगत छैन न तपाईँलाई दलको निर्वाचनको मतपत्रले छोएकै थियो न तपाईँलाई हत्केलामा प्राण थापेर हिँडेका तपाईँभन्दा बहादुर राजेन्द्र बजगाईहरू इतिहास थाहै छ! यसलाई पनि धेरै उत्खनन किन गरौँ कि मेरो कति पटक हत्या प्रयास भए र बाँचियो, मैले कति निर्धन निमुखा सुत्केरी आमाको जीवन बचाइयो वा कांग्रेसको एजेन्डामा संसद थर्काइयो! 

जनविश्वास पुनर्स्थापित गर्न पार्टीले तत्काल निम्न कदमहरू चाल्न आवश्यक छ:

• पार्टीको सम्पूर्ण आर्थिक विवरण समेटिएको श्वेतपत्र सार्वजनिक गर्ने

• स्थानीय तह निर्वाचनमा टिकट बिक्रीसम्बन्धी आरोपहरूको स्वतन्त्र छानबिन गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र बजगाई
राजेन्द्र बजगाई
लेखकबाट थप