रेड्मी ए–सेभेन नेपाली बजारमा
सारांश
- साओमीले नेपाली बजारमा १५ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकेर रेड्मी ए-सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ।
- यस स्मार्टफोनमा ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले र ५२०० एमएएचको शक्तिशाली ब्याट्री समावेश गरिएको छ।
- कम्पनीले यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र मेमोरी एक्स्टेन्सन गरी ६ जीबी र्याम बनाउन सकिने सुविधा प्रदान गरेको छ।
काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन र ठूलो डिस्प्ले खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो सस्तो मूल्यको फोन बजारमा ल्याएको हो।
रेड्मी ए–सेभेनमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्ले रहेको छ, जसले ४५० निट्ससम्मको ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्छ। यसले गर्दा प्रयोगकर्ताले फोन चलाउँदा निकै स्मुथ अनुभव पाउनेछन्।
आँखाको सुरक्षाका लागि यसमा डिसी डिमिङ प्रविधि प्रयोग गरिएको छ, जसले लामो समय स्क्रिन हेर्दा हुने थकान कम गर्छ। १९३ ग्राम तौल भएको यो स्मार्टफोन स्लिक र प्रिमियम लुकमा उपलब्ध छ।
कार्यक्षमताका हिसाबले यसमा ३ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ। कम्पनीका अनुसार मेमोरी एक्स्टेन्सन सुविधामार्फत र्यामलाई ६ जीबीसम्म बढाउन सकिन्छ। फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले कम उज्यालो भएको ठाउँमा पनि गुणस्तरीय फोटो खिच्ने क्षमता राख्छ।
लामो समयसम्म ब्याट्री टिक्ने गरी यसमा ५२०० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसलाई चार्ज गर्न १५ वाटको फास्ट चार्जिङ प्रविधि उपलब्ध छ। सुरक्षाका लागि साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विशेषता यसमा छन्।
कालो, स्काइ ब्लु र अर्चिड पर्पल रङमा उपलब्ध यो फोनको बजार मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। साओमीले यो मोडलमा आफ्ना ग्राहकलाई दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण