‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन् ।
गाउँपर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले सरोकार भएकाहरुको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माणको खाँचो औँल्याउँदै अध्यक्ष दाहालले यसका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धनका लागि सुदृढ कानुनी आधार आवश्यक भएको बताए ।
भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवद्र्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।
कार्यक्रममा ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण