थाइल्याण्डबाट ल्याइएको ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सारांश
- लागुऔषध नियन्त्रण ब्यूरोले थाइल्याण्डबाट अवैध रूपमा गाँजा ओसारपसार गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- प्रहरीले काठमाडौंको एक होटलबाट उनीहरूको साथमा रहेको ७ किलो गाँजा बरामद गरेको छ।
- पक्राउ परेका दुवै भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । थाइल्याण्डबाट अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
ब्युरोको टोलीले उनीहरूको साथबाट ७ किलो गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा ३९ वर्षीय भारतीय नागरिक मोहसिन सलाउद्दीन खान र ३१ वर्षीय मोहम्मद राहिल मोहम्मद ताहिर गङ्गु रहेका छन्।
ब्यूरोले आइतबार दिएको जानकारी अनुसार शनिबार फ्लाई दुबईको उडानमार्फत बैंककबाट दुबई हुँदै काठमाडौं ओर्लिएका मोहसिन सलाउद्दीन खानलाई प्रहरीले शंका लागेपछि विमानस्थलदेखि नै कडा निगरानीमा राखेको थियो।
खान गौशालास्थित काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेको एक होटलमा प्रवेश गरेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।
खान बसेको होटलको कोठामा अर्का भारतीय नागरिक मोहम्मद राहिल पहिलेदेखि नै बसिरहेका थिए। प्रहरीले उनीहरूले साथमा ल्याएको दुई वटा झोला खानतलासी गर्दा ७ किलो लागुऔषध गाँजा फेला पारेको हो।
थप अनुसन्धानका क्रममा मोहम्मद राहिल चैत २६ गते नै मलेसिया एयरलाइन्सको उडानमार्फत बैंककबाट क्वालालम्पुर हुँदै काठमाडौं आएर उक्त होटलमा बसेको खुलेको छ। उनी होटलमा बसेर मोहसिनको प्रतीक्षा गरिरहेको र मोहसिन २८ गते गाँजासहित आएपछि दुवै जनालाई प्रहरीले एकैसाथ पक्राउ गरेको हो।
ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार, पक्राउ परेका दुवै अभियुक्तहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण