आईपीएल २०२६ : ओरेन्ज र पर्पल क्यापको दौडमा रजत र प्रसिद्धको छलाङ
सारांश
- आईपीएल २०२६ मा रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै ओरेन्ज क्यापको दौडमा दोस्रो स्थान हासिल गरेका छन्।
- प्रसिद्ध कृष्णाले लखनउ सुपर जायन्ट्स विरुद्ध ४ विकेट लिँदै १० विकेटका साथ पर्पल क्याप आफ्नो नाममा दर्ता गराएका छन्।
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार भएका दुई रोमाञ्चक खेलपछि ओरेन्ज र पर्पल क्यापको समीकरणमा ठुलो फेरबदल आएको छ। लखनउ सुपर जायन्ट्स विरुद्ध गुजरात टाइटन्स र मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु बिचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले व्यक्तिगत विधाको तालिकामा हलचल ल्याएका हुन्।
- पाटीदारको ब्याटिङ धमाका, ओरेन्ज क्यापको दौड रोचक
बेंगलुरुका कप्तान रजत पाटीदारले मुम्बई इन्डियन्स विरुद्ध मात्र २० बलमा ५३ रनको आक्रामक पाली खेल्दै ओरेन्ज क्यापको दौडमा दोस्रो स्थानमा छलाङ मारेका छन्। यस सिजनमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका पाटीदारले चार इनिङ्समा ३१, ४८*, ६३ र ५३ रनसहित कुल १९५ रन जोडेका छन्। उनले सनराइजर्स हैदरावादका हेनरिक क्लासेनलाई पछि पार्दै दोस्रो स्थान सुरक्षित गरेका हुन्।

हाल राजस्थान रोयल्सका वैभव सूर्यवंशी शीर्ष स्थानमा कायम छन्। यस्तै, मुम्बई विरुद्ध ५० रनकै योगदान दिएका विराट कोहली १९१ रनका साथ पाँचौँ स्थानमा उक्लिएका छन्, जो यशस्वी जैसवालभन्दा मात्र ४ रनले पछि छन्।
- प्रसिद्ध कृष्णाको हातमा पर्पल क्याप
बलिङतर्फ गुजरात टाइटन्सका प्रसिद्ध कृष्णाले सानदार प्रदर्शन गर्दै पर्पल क्याप आफ्नो कब्जामा लिएका छन्। लखनउ विरुद्ध २८ रन खर्चेर ४ विकेट लिएपछि कृष्णाको यस सिजनमा कुल विकेट सङ्ख्या १० पुगेको छ। उनले राजस्थान रोयल्सका रवि बिश्नोईलाई उछिनेका हुन्, जसको नाममा ९ विकेट छ।
गत सिजनको पर्पल क्याप विजेता कृष्णाले यसपटक पनि आफ्नो लयलाई निरन्तरता दिएका छन्। चेन्नई सुपर किंग्सका अंशुल कम्बोज तेस्रो स्थानमा छन् भने लखनउका प्रिन्स यादव र बेंगलुरुका जेकब डफी समान ६ विकेटका साथ चौथो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण