स्ट्रेट अफ होर्मुजमा लगाइने नाकाबन्दीमा बेलायत सामेल नहुने
सारांश
- स्ट्रेट अफ होर्मुजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सैन्य नाकाबन्दीमा बेलायत सहभागी नहुने भएको छ।
- बेलायतले सो क्षेत्रमा आफ्ना माइन स्विपर जहाज र एन्टि-ड्रोन क्षमताहरू भने यथावत् रूपमा परिचालनमा राख्नेछ।
- प्रधानमन्त्री किर स्टार्मरले खाडी क्षेत्रको भ्रमण गरी द्वन्द्वको स्थायी समाधानका लागि कूटनीतिक पहलहरूमा छलफल गरेका छन्।
लन्डन । स्ट्रेट अफ होर्मुजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सैन्य नाकाबन्दीमा बेलायत सहभागी नहुने भएको छ । बीबीसीका अनुसार बेलायती नौसेना जहाज र सैनिकहरू उक्त नाकाबन्दीमा प्रयोग गरिने छैनन् ।
यद्यपि, बेलायतले सो क्षेत्रमा आफ्नो सुरक्षा उपस्थितिलाई पूर्ण रूपमा हटाएको भने छैन । बेलायतका माइन स्विपर जहाजहरू तथा एन्टि–ड्रोन क्षमताहरू भने यथावत् रूपमा परिचालनमा रहनेछन् । बेलायती सरकारका प्रवक्ताले भने, ‘हामी स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र रूपमा आवागमनको समर्थन गर्दछौँ,’ विश्व अर्थतन्त्र र घरेलु जीवनयापन लागतलाई टेवा दिन पनि यो मार्ग तत्कालै चाहिएको छ ।’
यसबिच, बेलायती प्रधानमन्त्री किर स्टार्मरले खाडी क्षेत्रको भ्रमण गर्दै त्यहाँका नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले द्वन्द्व प्रभावित देशहरूमा स्थायी समाधानका लागि कूटनीतिक पहलहरूबारे छलफल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण