फिल्म ‘पाँच पाण्डव’ मा बलेको ठाउँमा भित्रिए सुशील
सारांश
- छायाङ्कनरत फिल्म 'पाँच पाण्डव' मा सागर लम्साल 'बले' को स्थानमा सुशील सिटौला भित्रिएका छन्।
- फिल्ममा अब हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन्।
काठमाडौँ । छायाङ्कनरत फिल्म ‘पाँच पाण्डव’ मा कलाकार सुशील सिटौला भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएका छन् । फिल्मको कथामा रहेका पाँच पाण्डवका पात्रमध्ये एक कलाकार सागर लम्साल ‘बले’ केही अगाडि बाहिरिएसँगै निर्माण युनिटले सिटौलालाई भित्र्याएको हो ।
फिल्ममा अब हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’ को रूपमा देखिनेछन् । फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहनेछ ।
कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट छायाङ्कन थालिएको फिल्मका लेखक सुशील पौडेल रहेका छन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण