रामेछापका सांसद बुढाथोकीले प्रधानमन्त्रीसमक्ष विकासका लागि विशेष पहल गर्न माग
सारांश
- रामेछापका सांसद कृष्णहरी बुढाथोकीले प्रधानमन्त्री समक्ष जिल्लाको समग्र विकासका लागि ध्यानाकर्षण गराएका छन् ।
- सांसद बुढाथोकीले सडक, खानेपानी र दीर्घकालीन जलविद्युत आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन् ।
- उनले जिल्लाको आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना, उद्यमशीलता र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकतामा जोड दिएका छन् ।
काठमाडौँ । रामेछाप जिल्लाका सांसद कृष्णहरी बुढाथोकीले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरी जिल्लाको समग्र विकासका लागि विभिन्न समसामयिक र दीर्घकालीन विषयमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बागमती प्रदेशका सांसदहरूसँगको छलफलमा रामेछापका सांसद बुढाथोकीले रामेछापको उच्च मतदाता सङ्ख्या र उच्च नकारात्मक जनसङ्ख्या वृद्धिदरलाई औँल्याउँदै जिल्लालाई विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको बताए।
सांसद बुढाथोकीले जिल्लामा रोजगारी सिर्जना, उद्योगधन्दाको विकास र युवाहरूलाई स्थानीयस्तरमै अवसर उपलब्ध गराउन ठोस पहल गर्न माग गरेका छ। देशको बैंकिङ प्रणालीमा रहेको करिब १० खर्ब रुपैयाँ लगानीयोग्य पूँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै उद्यमशीलता विकास गर्नुपर्नेमा उनले जोड दिए।
विशेषगरी, रामेछापजस्तो सुख्खाग्रस्त क्षेत्रमा हातिबार, बाँस लगायतका खेती विस्तार गरी कृषि तथा जडीबुटीमा आधारित उद्योग स्थापना गर्न सकिने सम्भावनालाई औँल्याएको बताए।
पूर्वाधार विकासतर्फ, सडक तथा पुल निर्माण कार्यमा अत्यधिक ढिलाइ, अलपत्र अवस्था र आलटाल भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सेले घाट–रामेछाप–साँघुटार सडक खण्डको शीघ्र निर्माणका लागि वन सम्बन्धी कानुन ९वन नियमावली० मा आवश्यक परिमार्जनमा जोड दिएको वताए। यस्तै, विभिन्न खानेपानी आयोजनाहरूको अलपत्र अवस्थामा रहेकोले तत्काल समाधानका लागि पहल गरिदिन पनि आग्रह गरिएको छ।
प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका सन्दर्भमा, घ्याप्चे क्षेत्रको पहिरो रोकथाम, केउरिनी र लेखर्क बासीहरूको सुरक्षित स्थानान्तरण तथा समग्र जोखिम व्यवस्थापनमा सरकारको सक्रियता आवश्यक रहेको विषय पनि उठाइएको छ।
जलश्रोतको अधिकतम उपयोग गर्दै खिम्ती–शिवालय वृहत जलाशय निर्माण जस्ता दीर्घकालीन परियोजनाहरू अघि बढाई जिल्लाको समग्र आर्थिक विकासलाई गति दिनुपर्ने आवश्यकता पनि स्पष्ट रूपमा प्रस्तु गरे छ। सांसद बुढाथोकीले रामेछापमा पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै जिल्लाको विकास समस्या र सम्भावनाको विषयलाई प्रधानमन्त्रीसमक्ष राखेको बताए ।
प्रधानमन्त्री शाहले केही दिनमा विकासका आयोजनाहरू लिखित र ठोस रूपमा उपलब्ध गराइने आश्वासन दिएको सांसद बुढाथोकीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण