बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

मङ्गलबार, ०१ वैशाख २०८३, १३ : ३७
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।
  • सभापति गगन कुमार थापाले काठमाडौंमा सदस्यता अद्यावधिक गर्दै 'जरा अभियान'को शुभारम्भ गरेका छन्।
  • यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने र सदस्यहरूले वडामा पुगेर नवीकरण गर्नुपर्ने व्यवस्था छ।

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । 

क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ। 

संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । 

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। 

पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप