अपडेट
गुडिरहेकाे बसमा आगलागी
मङ्गलबार, ०१ वैशाख २०८३, १९ : ३५
सारांश
- कास्कीको पोखरामा गुडिरहेको अवस्थामा बसमा अचानक आगलागी भएको छ।
- तार सर्ट भएर आगो लागेको भए तापनि घटनामा कुनै मानवीय क्षति भएको छैन।
पाेखरा ।पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ । पोखरा २२ पुम्दीभुम्दी स्थित ठूलाडिही भन्ने ठाउँमा बसमा आगो लागेको हो । ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिसकिएको छ । बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा आइपुगेपछि आगो लागेको हो ।
बसमा आगोलागी भएको भन्ने खबर पाउने वित्तकै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको टोली खटिएको थियो । बसमा ४० जना यात्रु सेवार रहेको बताइएको छ । अहिले गाडीमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । तर गाडी जलेर ठूलो क्षति भएको बताइएको छ ।
घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
-
आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय
-
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी
-
पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा
-
कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी : चार लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड
-
केप भर्डेले रच्यो इतिहास: उरुग्वे २–२ को बराबरीमा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण