‘बुकी’को प्रिमियर जापानमा गरिने
सारांश
- फिल्म 'बुकी' नेपाल भन्दा पहिले जापानको ओसाकामा प्रिमियर गरिने भएको छ ।
- महिला भलिबल र सङ्घर्षको कथामा आधारित यस फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा र बागलुङमा गरिएको हो ।
काठमाडौँ । फिल्म ‘बुकी’ नेपाल भन्दा पहिले जापान प्रिमियर हुने भएको छ । फिल्मको ६ मे २०२६ मा जापानको ओसाका सहरस्थित ‘मिनातो कुमिन सेन्टर’मा हुनेछ । फिल्मको जापान प्रिपमयरले नेपाली फिल्मको बजार जापानमा समेत बिस्तार गर्न सहयोग पुग्ने निर्देशक केसीले बताए ।
विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरे लगायतको अभिनय छ । महिला भलिबल र सङ्घर्षको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र बागलुङको रमणीय स्थानमा छायाङ्कन भएको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा र कार्यकारी निर्माता प्रकाश आले र राजन केसी रहेका छन् । विकास गन्दर्भको डीओपी रहेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन छ । फिल्म नेपाल प्रदर्शन मिति तोक्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण