लागूऔषध सहित ३ जना पक्राउ
सारांश
- काठमाडौँको नागढुङ्गाबाट ५ किलो ७ सय ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
- नवलपरासी पूर्वबाट ३४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । विभिन्न जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ र नवलपरासीबाट ३ जना पक्राउ परेका हुन् ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ५ किलो ७ सय ग्राम गाँजासहित धादिङ थाक्रे गाउँपालिका–१ बस्ने १९ वर्षीय सुमन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख. ५९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै,नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–१ जैकुटी पार्टी प्यालेस नजिकबाट स्पास्मो प्रोक्सिभन ३४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१६ बस्ने ३० वर्षीय जसबहादुर थापा र सोही नगरपालिका–१४ बस्ने ३० वर्षीय सन्तोष थापा सुनारी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण