आर्थिक गणनाका लागि खटाइयो गणक
चितवन । आर्थिक गणनाका लागि १३३ गणक खटिएका छन् । आजदेखि स्थलगत तथ्याङ्क सङ्कलनका लागि गणकहरु खटिएका हुन् । उनीहरुले आगामी असार ७ गतेसम्म स्थलगत गणना गर्नेछन्।
आर्थिक गणना कार्यालयका अनुसार खटिएका गणकहरु सातै स्थानीय तहमा परिचालन हुनेछन् । कार्यालयकी आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेका अनुसार भरतपुर महानगरपालिकामा ७५ जना, राप्ती र कालिका नगरपालिकामा आठ/आठ जना, रत्ननगर नगरपालिकामा १९ जना, खैरहनी नगरपालिकामा १४ जना खटिएका छन्।
माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा चार जना गणक खटिएको उनले जानकारी दिए। उनीहरुसँगै १७ जना सुपरीवेक्षकसमेत खटिएका छन् । १८ वटा उद्योग समूहका आर्थिक इकाइहरुलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली लिएर गणकहरु घरघर जाने उनले बताए।
आर्थिक गणना २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेका छन् । जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता भएका छैनन् । उनका अनुसार जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषको स्वामित्वमा रहेका छन् । ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको उनले जानकारी दिए।
अहिले सुरु गर्न लागिएको गणनाले कृषि क्षेत्रमा केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिनेछ । आर्थिक गणनाले देशको अर्थतन्त्र व्यवस्थापन गर्न सहज बनाउने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण