डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य
बिहीबार, ०३ वैशाख २०८३, २१ : ४३
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १९६ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पञ्जाबले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो । उसका लागि ओपनर क्विन्टन डी ककले शानदार शतकीय पारी खेले । उनले मात्र ६० बलमा ८ चौका र ७ छक्काको मद्दतले ११२ रन बनाए।
डी ककलाई नमन धीरले ५० रन बनाएर राम्रो साथ दिए। मुम्बईमा दुई जनाले आज खाता नै खोलेनन् ।
पञ्जाबको बलिङतर्फ अर्शदीप सिंहले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ विकेट लिए। त्यस्तै, मार्को यानसन र शशांक सिंहको नाममा एक–एक विकेट रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण