संघीय संसद्का १२ विषयगत समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरू)
सारांश
- संघीय संसद्का १२ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा आयोजित समारोहमा सभापतिहरूलाई शपथ ग्रहण गराएका हुन्।
- विभिन्न समितिहरूमा निर्विरोध र निर्वाचन प्रक्रियाबाट सभापतिहरू चयन भएका हुन्।
काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका शुक्रबार निर्वाचित भएका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सार्वजनिक लेखा समितिको सिंहदरबारस्थित हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
_1lHzqicW2c.jpg)
शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर र कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पनि सहभागी थिए । प्रतिनिधिसभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भएका थिए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिएका थिए ।
_5znRVq74ic.jpg)
सबै समितिका शुक्रबार बसेका बैठकमा सभापति छानिएका थिए । प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भएका थिए ।
_Lj8zVy3Oqj.jpg)
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका थिए । निर्विरोध भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् । खड्का नेपाली कांग्रेसका सांसद हुन् ।
_QpWnJ82djX.jpg)
प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिएका थिए । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद डा। ओजस्वी शेरचन र एमालेका गुरु बरालबिच प्रतिस्पर्धा भयो । र शेरचन निर्वाचित भइन् ।
_Q6yDUMCcf3.jpg)
संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा) बिच प्रतिस्पर्धा भयो । कार्की निर्वाचित भए । उनीहरू सबैलाई आज पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।
_nJDtwqdpx6.jpg)
_6ANtpzHxgC.jpg)
_VZI9QGOLtJ.jpg)
_l6Tek4QdOm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण