मेटाले ८ हजार कर्मचारी कटौती गर्दै, अब एआईमा केन्द्रित हुने रणनीति
सारांश
- मेटाले आफ्ना करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेको छ।
- कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित हुन र कार्यक्षमता बढाउन यो निर्णय लिएको हो।
- कर्मचारी कटौतीको पहिलो चरण मे २० बाट सुरु हुनेछ।
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आगामी महिनासम्ममा आफ्ना करिब ८ हजार कर्मचारीहरूलाई कामबाट निकाल्ने तयारी गरेको छ। यो मेटाको कुल विश्वव्यापी कार्यशक्तिको करिब १० प्रतिशत भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
समाचार अनुसार, कर्मचारी कटौतीको पहिलो चरण मे २० देखि सुरु हुनेछ। कम्पनीले वर्षको दोस्रो भागमा थप कर्मचारी कटौती गर्ने योजना बनाएको छ । यद्यपि, त्यसको निश्चित मिति र सङ्ख्या भने अझै तय भइसकेको छैन।
कम्पनीका सीईओ मार्क जुकरबर्गले मेटालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउन र कार्यक्षमता बढाउन यो कदम चालेका हुन् । एआईको विकाससँगै धेरै कामहरू स्वचालित हुन थालेपछि कम्पनीले कम कर्मचारीबाट धेरै नतिजा निकाल्ने रणनीति अपनाएको छ।
यस वर्ष मेटा मात्र नभई अमेजन र ब्लक जस्ता अन्य ठुला प्रविधि कम्पनीहरूले पनि एआईका कारण कार्यक्षमता बढेको भन्दै हजारौँ कर्मचारी कटौती गरिसकेका छन्।
तथ्याङ्क अनुसार सन् २०२६ को सुरुवाती चार महिनामै विश्वभरका प्रविधि क्षेत्रका ७३ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन् । मेटामा हाल करिब ७९ हजार कर्मचारी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण