भन्सार दर तोक्ने निर्णयप्रति जसपा नेपालको विरोध
शनिबार, ०५ वैशाख २०८३, १६ : २२
सारांश
- जनता समाजवादी पार्टी नेपालले तराई मधेसको सीमामा सय रुपैयाँसम्मको सामानमा मात्र भन्सार छुट दिने निर्णयको विरोध गरेको छ।
- पार्टी संरक्षक महन्थ ठाकुरले यो निर्णय अदूरदर्शी रहेको भन्दै सरकारलाई उक्त प्रावधानमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
- विज्ञप्तिमा नागरिकको दैनिक जीवनयापनसँग जोडिएको किनमेलमा लगाइएको सो प्रावधान खारेज गर्न सरकारसँग माग गरिएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तराई मधेससँग जोडिएका सीमामा सय रुपैयाँ सम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधानको विरोध गरेको छ । शनिबार सो पार्टीका संरक्षक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै सो प्रावधानको विरोध गरेका हुन् ।
विज्ञप्तिमा उनले मधेस र भारत सडक मार्गबाट आवत जावत गर्ने व्यक्तिहरूलाई मात्र लक्षित सो निर्णय अदूरदर्शी कदम भएको बताउँदै पुनर्विचार गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
नेपाल र भारत बिचको मित्रता सम्बन्ध पारस्परिक एवम् सनातन रहेको जनाउँदै विज्ञप्तिमा नागरिकका दिनानुदिनको जीवन यापनसँग सम्बन्धित किनमेलमा लगाइएको सो प्रावधान शीघ्र खारेज गर्न समेत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण