सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

महामन्त्री राणालाई अध्यक्ष लिङ्देनको जवाफ : राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ

आइतबार, ०६ वैशाख २०८३, ११ : २४
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा समाप्त हुने सपना नदेख्न चेतावनी दिएका छन्।
  • उनले राप्रपा आफ्ना कमजोरी सच्याउँदै पुनर्गठित भएर अगाडि बढ्ने स्पष्ट पारेका छन्।
  • लिङ्देनले चुनाव हार्दैमा पार्टीको भविष्य नसकिने र हिन्दु राष्ट्रको एजेन्डाबाट पछि नहट्ने बताएका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् । अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् । 

पार्टी महामन्त्री धवलशम्शेर राणाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने स्पष्ट पारेका छन् । 

उनले भनेका छन् : ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिधयाइन भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’

अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा राप्रपाले राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणाबाट पनि पछाडि नफर्किने बताएका छन् ।  महामन्त्री राणाले रातोपाटीमा प्रकाशित अन्तर्वार्तामा जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएका थिए ।

Capture

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप