ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट
सारांश
- ठमेलबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट डिपोर्ट गरिएको छ।
- पक्राउ परेका महिलाहरूले ठमेलमा अश्लील क्रियाकलाप र मोलमोलाई गर्ने गरेको पाइएको छ।
- अध्यागमन विभागले उनीहरूलाई देश निकाला गरी नेपाल प्रवेशमा समेत रोक लगाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ ।
युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । महिलाहरूले ठमेलमा पुरुषहरूलाई अनावश्यक बाटो छेकेर अश्लील कामको लागि मोलमोलाई गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
यौन क्रियाकलापमा संलग्न महिलाहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अभद्र व्यवहार मुद्दामा कारबाही गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐन अन्तर्गत कारबाही गर्न अध्यागमन विभागमा पठाएको थियो । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।
डिपोर्ट गर्ने निर्णयपछि पक्राउ परेका सबै महिला आफ्नो देश फर्किएका छन् । उनीहरूलाई अध्यागमनको निर्णय अनुसार नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको एसपी भट्टराईले बताए ।
गिरोहले ल्याएर उनीहरूलाई ठमेलमा राखेर यौन धन्दामा लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण