ठमेलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा २० जना विदेशी महिला पक्राउ
बुधबार, ११ चैत २०८२, १३ : ५०
सारांश
- काठमाडौंको ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न २० जना विदेशी महिला पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट पक्राउ गरेको हो, जसमा युगान्डाका महिलाहरू छन्।
- पक्राउ परेका महिलाहरूमाथि अभद्र व्यवहारको आरोप लागेको छ र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहार गर्ने २० जना विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशीहरू नागरिकहरुसँग अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण