शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गर्मीमा बारम्बार मुख सुख्खा भइरहन्छ ?

आइतबार, ०६ वैशाख २०८३, १६ : ०६
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • गर्मीयाममा बारम्बार मुख सुख्खा हुनु डिहाइड्रेसन, मधुमेह वा केही औषधिको साइड इफेक्टको कारण हुन सक्छ ।
  • मुखको सुख्खापन कम गर्न प्रशस्त पानीसँगै कागती पानी, नरिवल पानी र पानीको मात्रा बढी भएका फलफूल खानुपर्छ ।
  • लगातार मुख सुख्खा भइरहेमा र स्वास्थ्यमा अन्य समस्या देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

काठमाडौँ । खपी नसक्नुको गर्मी र चर्को घामबाट आफूलाई बचाउन प्रायः प्रशस्त पानी पिउन सल्लाह दिइन्छ । गर्मीका कारण घरभित्र बसिरहँदा पनि पसिना आउँछ । 

यस्तो मौसममा घाँटी सुख्खा हुनु र तिर्खा लाग्नु सामान्य कुरा हो । तर पानी पिएको केही समयपछि नै तपाईंको मुख फेरि सुक्न थाल्छ भने यसलाई तिर्खा लागेको भनेर बेवास्ता गर्ने गल्ती नगर्नुहोस् । बारम्बार मुख सुख्खा  हुनु शरीरको चेतावनी संकेत पनि हुन सक्छ-

१. डिहाइड्रेसनः

प्राथमिक र सबैभन्दा सामान्य कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी हो । गर्मीमा, पसिनाको माध्यमबाट शरीरबाट धेरै पानी बाहिर निस्कन्छ । यदि तपाईं पर्याप्त पानी पिउनुहुन्न भने शुरुमा र्‍यालको उत्पादन घट्छ । र्‍यालले हाम्रो मुखलाई ओसिलो राख्न र कीटाणुहरूसँग लड्न मद्दत गर्छ । जब र्‍यालको उत्पादन कम हुन्छ, मुख सुख्खा हुन्छ ।

२. मधुमेहः

बारम्बार तिर्खा लाग्नु र मुख सुख्खा हुनु मधुमेहका प्रारम्भिक लक्षणहरू मध्ये एक हो । जब रगतमा चिनीको मात्रा बढ्छ, मिर्गाैलाले यसलाई हटाउन कडा परिश्रम गर्छ, जसले गर्दा बारम्बार पिसाब लाग्छ । अत्यधिक पानीको कमीले तिर्खा लाग्नु र मुख सुख्खा हुन सक्छ ।

३. औषधिको साइड इफेक्टः

रक्तचाप, एलर्जी वा चिन्ता निवारणको औषधि खाइरहनुभएको छ भने यसले पनि मुख सुख्खा बनाउन सक्छ । धेरै औषधिहरूले ¥याल उत्पादन गर्ने ग्रंथिहरूलाई सुस्त बनाउँछ ।

यसबाट बच्न के गर्ने?

·  सादा पानी पिउनुको सट्टा कागती पानी, नरिवल पानी, वा ओआरएस घोल पिउनुहोस् ।

·  खरबुजा, काँक्रो र मूला जस्ता फलफूलहरूमा पानीको मात्रा बढी हुन्छ । यिनीहरूलाई आफ्नो आहारमा समावेश गर्नुहोस् ।

·  चिया, कफी र चिसो पेय पदार्थहरूले शरीरलाई अझ बढी निर्जलीकरण गर्छ । गर्मीमा यसको खपत सीमित गर्नुहोस् ।

·  पानीमा पुदिनाका पातहरू राखेर पिउनुहोस् । यसले तपाईंलाई ताजा त राख्छ नै मुखमा सुख्खापन पनि कम गर्छ । 

प्रशस्त पानी पिइरहँदा पनि लगातार मुख सुख्खा हुने, चपाउन वा निल्न गाह्रो हुने, वा धेरै दिनसम्म मुखमा घाउ हुने अनुभव हुन छाडेन भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् । 

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप