हक्की टोलीको बिदाइ
काठमाडौँ । भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई बिदाइ गरिएको छ।नेपाल हक्की सङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव राम चरित्र मेहताले बिदाइ गरे ।
राखेप सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । उनले खेलाडीहरुलाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।
नेपाल हक्की सङ्घका महासचिव सुवर्ण श्रेष्ठले ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको बताइन् ।
नेपालले सुरुमा एक हप्ता प्रशिक्षण गर्ने र त्यसपछि त्यहाँ प्रतियोगिता खेल्ने श्रेष्ठले बताइन् ।अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् । बिदाइ कार्यक्रममा नेपाल हक्की सङ्घका अध्यक्ष अनिल प्रसाद शर्मा र महासचिव तथा राखेप कार्यकारी सदस्य समेत रहेकी सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।
अश्विनी कुमार अधिकारी मुख्य प्रशिक्षक छन् भने रविन्द्र सिंह सहायक प्रशिक्षक र कान्तुराम पनेरु व्यवस्थापक छन् । नेपाली टोली आइतबारै भारत प्रस्थान गर्नेछ । प्रतियोगिता बैशाख १२ देखि १७ गतेसम्म सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण