आर्य र कोनोली चम्किँदा पञ्जाबको सानदार जित, शीर्ष स्थानमा पकड बलियो
सारांश
- इन्डियन प्रिमियर लिगमा प्रियांश आर्य र कुपर कोनोलीको विष्फोटक ब्याटिङको मद्दतमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको छ।
- यो जितसँगै पञ्जाबले ६ खेलबाट ११ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
काठमाडौँ । जारी इन्डियन प्रिमियर लिगमा प्रियांश आर्य र कुपर कोनोलीको विष्फोटक ब्याटिङको मद्दतमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै पञ्जाबले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ ।
पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो । पञ्जाबका लागि प्रियांश आर्यले मात्र ३७ बलमा ९३ रनको आक्रामक पारी खेले भने कुपर कोनोलीले ४६ बलमा ८७ रन जोडे । लखनउका लागि प्रिन्स यादव र एम सिद्धार्थले समान २–२ विकेट लिए ।
२५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन मात्र बनाउन सक्यो । लखनउका लागि ऋषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने एडेन मार्करमले ४२ र मिचेल मार्शले ४० रनको योगदान दिए । पञ्जाबका मार्को यानसेनले २ विकेट हात पारे ।
यो जितसँगै ६ खेलबाट ११ अंक जोडेको पञ्जाब तालिकाको शीर्ष स्थानमा कायमै छ । पञ्जाबले एक खेल वर्षाका कारण कोलकातासँग अंक बाँडेको थियो भने बाँकी सबै खेलमा जित हात पारेको छ । पराजित लखनउ भने समान खेलबाट ४ अंकसहित तालिकामा कमजोर अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण