रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्दै छ।
- बैठकमा साङ्गठनिक सुदृढीकरण, महाधिवेशनको तयारी, पदाधिकारी मनोनयन र स्थानीय तह निर्वाचनका विषयमा छलफल हुनेछ।
- प्रवासमा रहेका नेपालीलाई मताधिकार र संसदीय दलको विधान संशोधनलगायतका ९ वटा एजेन्डा बैठकका लागि तय गरिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।
प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए ।
बैठकको एक मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ। यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने झाले बताए ।
रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै 'स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ। प्रवक्ता झाका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ ।
बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका बारेमा पनि निर्णय लिनेछ।
यसैगरी, विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको प्रवक्ता झाले जानकारी दिए ।
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान सम्बन्धमा ।
७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९. विविध:
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण