बयान फेर्ने सरकारी साक्षीविरूद्ध अख्तियारले दायर गर्याे मुद्दा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- अदालतमा पुगेर बयान फेरेपछि (होस्टाइल भएपछि) तामाङलाई अख्तियारले पुनः प्रतिवादी बनाएको हो।
- अख्तियारले ५ लाख रुपैयाँ बिगो कायम गरी तामाङलाई कैद र जरिवानाको मागदाबी गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर अधिकारी जोडिएको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अनुसन्धानका क्रममा आयोगलाई सहयोग गर्ने सर्तमा सजायमा पूर्ण छुट पाएका हिमाल तराई कन्स्ट्रक्सनका प्रोप्राइटर तामाङले अदालतमा पुगेर आफ्नो बयान फेरेपछि (होस्टाइल भएपछि) उनी विरुद्ध मुद्दा चलाइएको हो ।
नेपाल बैंकबाट ऋण मिलाइदिने सहजीकरणका लागि अध्यक्ष अधिकारीले रमेश आचार्यमार्फत तामाङसँग ५ लाख रुपैयाँ घुस लिएको र उक्त रकमको चेक अधिकारीकै घरबाट बरामद भएको थियो ।
अनुसन्धानका क्रममा तामाङले घुस दिएको स्वीकार गर्दै आयोगलाई सहयोग गरेका कारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।
तर, विशेष अदालतमा बकपत्र गर्ने क्रममा तामाङले आयोगमा गरेको बयान र सङ्कलित प्रमाण विपरीत हुने गरी बयान दिएपछि आयोगले उनलाई पुनः प्रतिवादी बनाएको हो ।
तामाङले गैरकानुनी लाभका लागि अधिकारीलाई घुस दिएको र पछि अदालतमा झुटो बकपत्र गरी भ्रष्टाचारको कसुर लुकाउन खोजेको ठहर गर्दै अख्तियारले ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण