अभिनेत्री सुवेक्षा खड्काले गरिन् विवाह
मङ्गलबार, ०८ वैशाख २०८३, १० : १६
सारांश
- अभिनेत्री तथा मिस नेपाल इन्टरनेशनल २०१२ विजेता सुवेक्षा खड्का प्रेमी आश्वासन जोशीसँग विवाह बन्धनमा बाँधिएकी छन्।
- कीर्तिपुरको एक पार्टी भेन्युमा परम्परागत रूपमा आयोजित विवाह समारोहमा परिवार र आफन्तको उपस्थिति रहेको छ।
काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्का विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी आश्वासन जोशी सोमबार कीर्तिपुरको एक पार्टी भेन्युका परम्परागत विवाह गरेकी हुन् ।
विवाहमा दुवै तर्फका परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तहरूको सहभागिता रहेको थियो । विवाह अगाडि शनिबार उनको मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो ।
खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् । खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् । खड्काका प्रेमी जोशी अमेरिकामा बसोबास गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण