अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, ०८ वैशाख २०८३, ११ : ०९
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ।
- छापावाल सुनको मूल्य आज ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा भने आज ३० रुपैयाँले गिरावट आएर ५ हजार १ सय ६० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आएको उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण