रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
सारांश
- बलिउड अभिनेता रणवीर सिंहले 'धुरन्धर' फिल्मबाट ३२५ करोड भारु कमाएको दाबी गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो।
- फिल्म 'धुरन्धर' दुई भागमा प्रदर्शन भई विश्वभर करिब ३,२०० करोड भारुको व्यापार गरेको थियो।
- रणवीरले नाफा बाँडफाँट मोडेल अपनाएका थिए, जसले गर्दा थिएटर, डिजिटल, स्याटेलाइट र संगीत अधिकारबाट आम्दानीसहित उनको कुल हिस्सा ३२५ करोड भारु पुगेको छ।
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहले एउटै फिल्मबाट झन्डै ३२५ करोड भारु कमाएको दाबी गरिएको छ । यो रकम कुनै पनि भारतीय अभिनेताले एउटै फिल्मबाट कमाएको अहिलेसम्मकै उच्च मानिएको छ।
रणवीरले उक्त रकम फिल्म ‘धुरन्धर’ बाट कमाएका हुन् । फिल्म दुई भागमा प्रदर्शन गरिएको थियो र दुवै भागले बक्स अफिसमा असाधारण सफलता हासिल गरेका थिए। दुवै फिल्मले विश्वभर करिब ३,२०० करोड भारुको व्यापार गरेका थिए, जसमध्ये १,९०० करोड भारुभन्दा बढी कमाइ भारतबाट मात्र भएको थियो।
रणवीरले यस फिल्मका लागि नाफा बाँडफाँट (प्रफिट सेयरिङ) मोडेल अपनाएका थिए। अर्थात् फिल्मबाट हुने नाफामा उनको निश्चित हिस्सा थियो। फिल्मको बजेट बढेपछि उनले व्यक्तिगत रूपमा पनि लगानी गरेका थिए, जसका कारण उनको हिस्सेदारी अझ बढेको बताइएको छ।
थिएटर प्रदर्शन, डिजिटल अधिकार, स्याटेलाइट अधिकार र संगीत अधिकारबाट प्राप्त आम्दानीलाई समेत समेट्दा रणवीरको कुल हिस्सा करिब ३२५ करोड भारु पुगेको जनाइएको छ।
यसअघि एउटै फिल्मबाट सबैभन्दा धेरै कमाइ गर्ने भारतीय अभिनेताको रेकर्ड दक्षिण भारतीय सुपरस्टार रजनीकान्त को नाममा रहेको बताइन्छ। उनले सन् २०२४ मा फिल्म ‘जेलर’ बाट २५० करोड भारुभन्दा बढी कमाएका थिए।
त्यस्तै, अल्लु अर्जुन र प्रभास ले पनि क्रमशः ‘पुष्पा २’ र ‘कल्की २८९८ एडी’ बाट २०० करोड भारुभन्दा बढी कमाएका थिए। उनीहरूभन्दा अघि यो रेकर्ड शाहरुख खान को नाममा थियो। उनले सन् २०२३ मा ‘पठान’ र ‘जवान’ जस्ता फिल्मबाट प्रति फिल्म करिब २०० करोड भारु कमाएको बताइएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण