प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको परिभाषामा थपियो असंसदीय शब्द र प्रत्यायोजित विधायन
सारांश
- प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा असंसदीय शब्द र प्रत्यायोजित विधायनको परिभाषा थपिएको छ।
- मस्यौदाको दफा १ को परिभाषा खण्डमा नयाँ व्यवस्थासहितको दुई बुँदा थपिएका हुन्।
काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा परिभाषा खण्डमा दुई बुँदा थपिएको छ ।
मंगलबार केहीबेरमा सभामुख डोलप्रसाद अर्याल (डीपी)लाई बुझाउने तयारी भइरहेको मस्यौदामा दफा १ को परिभाषा खण्डमा (ग) र (ञ) मा नयाँ व्यवस्था थपिएको हो ।
समिति स्रोतले रातोपाटीलाई उपलब्ध गराएको नियमावलीको मस्यौदामा परिभाषा खण्डको (ग) मा ‘असंसदीय शब्द भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने र कुनै व्यक्ति, जाती, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई असंसदीय शब्द सम्झनु पर्छ,’ भन्ने लेखिएको छ । यो विषय प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा लेखिएको थिएन ।
त्यस्तै परिभाषा खण्डकै (ञ)मा ‘प्रत्यायोजित विधायन भन्नाले नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्ड सम्झनुपर्छ ।’ भन्ने वाक्य पनि थपिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण