पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको आग्रहमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने निर्णय गरेका छन्।
- युद्धविराम लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने यथावत रहने ट्रम्पले स्पष्ट पारेका छन्।
- इरानले एकीकृत प्रस्ताव पेस नगरेसम्म अमेरिकी सेनालाई उच्च तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको उल्लेख गरेका छन् । उनले भने, ‘पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको अनुरोधमा, हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउन सक्दैनन् ।’
उनले लेखेका छन्, ‘त्यसैले, मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी र सक्षम अवस्थामा रहन निर्देशन दिएको छु। इरानले प्रस्ताव पेस गरी छलफल कुनै न कुनै रूपमा टुङ्गोमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण