रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरूको भीड
ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालबाट मंगलबजारसम्म रथ तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन बिहानैदेखि भक्तजनहरुको निकै ठुलो भीड लागेको छ ।
मंगलवार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्याइएको थियो । रथयात्राका क्रममा पुल्चोकबाट गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीय बताउँछन् । आज गाबहालमा स्थानीय बासिन्दाहरूको पर्व अर्थात ‘जात्रा’ रहेको छ । जात्राका अवसरमा गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ ।
परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयहरूको जात्रा सम्पन्न भएपछि अपराह्न रथलाई मंगलबजारका लागि तानिने कार्यक्रम रहेको छ । पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो ।
उपत्यकामा वर्षा गराउनको लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ । आज मंगलबजार पुर्याइएपछि रथलाई केही दिन त्यहाँ राखिने र त्यसपछि अन्य गन्तव्यहरूमा लगिने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण