अपडेट
राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ
बुधबार, ०९ वैशाख २०८३, १४ : ५७
सारांश
- गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन्।
- विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि गुरुङले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
- गृहमन्त्री बनेको २६ दिनमै गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन् ।
विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरुङले राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण