सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रदेश र स्थानीय तहको निर्वाचन चाँडै हुनुपर्छ : मुख्यमन्त्री शाह

बुधबार, ०९ वैशाख २०८३, १७ : १९
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशका लागि प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन्।
  • उनले सङ्घ सरकारले निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
  • मुख्यमन्त्री शाहले प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको प्रतिबद्धता जनाएका छन्।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घका प्रदेश तथा कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्। 

मुख्यमन्त्री शाहले भदौ २३ र २४ गते भएको युवा आन्दोलनको भावना अनुसार सङ्घमा नयाँ सरकार बने जस्तै प्रदेश र स्थानीय तहमा पनि नयाँ निर्वाचन हुन जरुरी रहेको उल्लेख गरे।

‘नयाँ जनादेशका लागि प्रदेश र स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्छ, चुनावका लागि सङ्घ सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।

यस्तै मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताए । उनले पत्रकारहरूसँगको कुराकानीमा नागरिकको बोल्न पाउने अधिकार र स्वतन्त्र पत्रकारितालाई सरकारले सधैँ सम्मान गर्ने प्रतिबद्धता समेत जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप