प्रहरी हिरासतमा कृष्ण विकको मृत्यु : निष्पक्ष छानबिन गर्न दलित आयोगको माग
सारांश
- सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको मृत्यु भएको छ।
- राष्ट्रिय दलित आयोगले हिरासतमा भएको उक्त शंकास्पद मृत्युको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ निवासी २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमा रहेकै बेला मृत्यु भएको घटनाप्रति राष्ट्रिय दलित आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका विकलाई सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको अवस्थामा वैशाख ७ गते बिहान मृत फेला पारिएको थियो। प्रहरी नियन्त्रणमा रहेको व्यक्तिको शंकास्पद मृत्यु भएको भन्दै पीडित परिवारले न्यायिक छानबिनको माग गरिरहेका छन् ।
आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तिमा प्रहरी हिरासतभित्र हुने यस्ता मृत्युले कानुनी शासन र मानव अधिकारको संरक्षणमा गम्भीर प्रश्न खडा गरेको उल्लेख छ ।
विगतमा पनि अनुसन्धानका क्रममा दलित समुदायमाथि क्रूर शारीरिक तथा मानसिक यातना दिने गरिएका तथ्यहरू फेला परेकाले यस घटनालाई आयोगले अत्यन्त संवेदनशील रूपमा लिएको बताएको छ ।
हिरासतमा रहेका व्यक्तिको सुरक्षा गर्ने दायित्व राज्यको हुने भए तापनि यसरी ज्यान जानुले नागरिकको राज्यप्रतिको विश्वासमा आँच पुर्याएको आयोगको ठम्याई छ। राष्ट्रिय दलित आयोगले यस घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण