मालपोत कार्यालयबाट ११ विचौलिया पक्राउ
बुधबार, ०९ वैशाख २०८३, २१ : ०८
भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरुलाई आज पक्राउ गरिएको जानकारी दिए ।
लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पु-याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ
-
चितवनको दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते
-
रूसी तेल प्रशोधदन केन्द्रमा युक्रेनी आक्रमण
-
विश्वकपमा स्पेनको खराब रेकर्ड : २,५०० पास तर गोल शून्य
-
फ्रान्सविरुद्ध सन् २००२ को इतिहास दोहोर्याउने सेनेगलको लक्ष्य
-
एकै खेलले रातारात भाइरल बनेका गोलकिपर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण