मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ

मङ्गलबार, ०२ असार २०८३, १६ : ३८
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ६ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याई सर्वसाधारणलाई सास्ती दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–५, गुर्जुधारास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

 जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याएको र बिचौलियाका रूपमा सक्रिय रही सर्वसाधारणलाई सास्ती दिएको सूचनाका आधारमा प्रहरीले उक्त कारबाही गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

  पक्राउ पर्नेहरूमा चन्द्रागिरीका रन्जीत महर्जन, आशिष श्रेष्ठ, केदार श्रेष्ठ र सविन तामाङ रहेका छन्। त्यस्तै, गोकर्णेश्वरका दोर्जे लामा र धादिङका डाक्सन गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप