‘शून्य बाँकी फाइल सप्ताह’ अभियान: पर्यटन मन्त्रालयले टुङ्ग्यायो ३८ फाइल, १५ दिनभन्दा पुराना फाइल शून्य
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'शून्य बाँकी फाइल सप्ताह' अभियान अन्तर्गत ३८ थान फाइलहरू टुङ्ग्याएको छ।
- हाल मन्त्रालयमा दुईवटा फाइल मात्र बाँकी रहेका छन् भने १५ दिनभन्दा पुराना कुनै पनि फाइल नरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानको प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्मको कार्य प्रगति सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार अभियान सुरु हुनुअघि ७ थान फाइल पेन्डिङ रहेकोमा अभियान अवधिभर थप ३३ थान नयाँ फाइलहरू प्राप्त भएका थिए । यसरी प्राप्त कुल फाइलमध्ये ३८ थान फाइलहरूलाई सोही अवधिमा टुङ्ग्याइएको छ । हाल मन्त्रालयमा केवल २ थान फाइल मात्र बाँकी रहेका छन् भने १५ दिनभन्दा पुराना कुनै पनि फाइल बाँकी नरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यसम्पादनका क्रममा मन्त्रालयले केही मुख्य समस्या र सुधारका उपायहरू समेत पहिचान गरेको छ । विशेष गरी कानुनी अस्पष्टताका विषयमा राय लिँदा कानुनी बाधा फुकाउन समय लाग्ने मुख्य समस्या देखिएको मन्त्रालयको निष्कर्ष छ ।
प्रशासनिक सुधारका लागि मन्त्रालयले फाइल स्वीकृति प्रक्रियामा रहेका तहहरूलाई अधिकतम तीन तहमा मात्र सीमित गर्नुपर्ने र सबै फाइलका लागि अनिवार्य चेकलिस्ट वा मानक कागजात सूचीको व्यवस्था गर्नुपर्ने सुझाव समेत सरकारलाई दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण