विद्यार्थीको ४५ प्रतिशत छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन
सारांश
- सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले यातायातमा ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
- यातायात व्यवसायीहरूले सरकारले दिने कर छुटको सुविधा कटौती भएकाले विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने अडान राखेका छन्।
काठमाडौँ । यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ?’ बिहीबार भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।
व्यवसायीहरूका अनुसार वि.सं. २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो ।
तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् ।
महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै सरकारले दिने सुविधाहरू हटाएको र केन्द्र तथा प्रदेशबिच समन्वय नभएको अवस्थामा भाडा छुट मात्रै कार्यान्वयन गर्न नसकिने अडान राखेको छ ।
जबसम्म व्यवसायीले पाउने कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने व्यवसायीको ठहर छ । यता, विद्यार्थीहरूले भने आफ्नो कानुनी अधिकारको रक्षा हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण