डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन
सारांश
- बेलायतका लागि पूर्व नेपाली राजदूत डा. दुबसु क्षेत्रीको अध्यक्षतामा 'नेपाल–बेलायत लेखक सङ्घ' औपचारिक रूपमा गठन भएको छ।
- यस सङ्घले नेपाल र बेलायतबीच भाषा, साहित्य र संस्कृतिको आदानप्रदान तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ।
- सङ्घले दुई देशका स्रष्टाहरूबीच सहकार्य, अनुवाद, साहित्यिक महोत्सव र सम्मेलन आयोजना गर्ने योजना अघि सारेको छ।
लन्डन । बेलायतका लागि पूर्व नेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ (नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन) औपचारिक रूपमा गठन भएको छ। नेपाल र बेलायतबिच साहित्य, भाषा र संस्कृतिको आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस संघले दुई देशका साहित्यिक समुदायबिच सहकार्यको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।
संघले नेपाल र बेलायतबिच भाषिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूको आदानप्रदान गर्ने योजना अघि सारेको छ। यसका साथै, दुवै देशका भाषा र साहित्यका उत्कृष्ट कृतिहरूको अनुवाद तथा प्रकाशन, द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक भ्रमण, साहित्यिक महोत्सव, अन्तरक्रिया र सम्मेलन आयोजना गर्ने लक्ष्य राखेको छ।
नवनिर्मित संघको अध्यक्षमा डा दुबसु क्षेत्री चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुरेशजंग शाह तथा उपाध्यक्षहरूमा डा। गोपाल पौड्याल, विमल भौकाजी, कृसु क्षेत्री र गोपीकृष्ण प्रसाईं रहेका छन्। संघको महासचिवमा वीरेन्द्र कुँवर, सचिवमा नगेन्द्रराज रेग्मी र बद्रीप्रसाद ढकाल तथा कोषाध्यक्षमा पुनम क्षेत्री चयन भएका छन्।
सदस्यहरूमा तुलसीहरि कोइराला, मोहनवीर थापा, डा नवराज रिजाल, भेषराज घिमिरे, लक्ष्मी उप्रेती, सन्ध्या पहाडी, मणि लोहनी, भरत भारद्वाज, मनोज न्यौपाने, राजेशजंग शाह, नारद पौडेल, तारा सुवेदी, सुमन कार्की, भगवती बस्नेत, सुमन वर्षा, ललिता दोषी, विमला तुम्खेवा, भुवन मास्के, किशोर उप्रेती, भरत साउद, मेघेन्द्र विश्वकर्मा र युवक उप्रेती रहेका छन्।
नेपाल र बेलायतबिच साहित्यिक सम्बन्धलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यले गठन भएको यो संघले आगामी दिनमा दुवै देशका स्रष्टा, पाठक र साहित्यप्रेमीहरूबीच अझ घनिष्ठ सम्बन्ध विकास गर्ने अपेक्षा गरिएको छ।
डा दुबसु क्षेत्रीले सन् २०१६ देखि २०२१ सम्म बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए। राजदूतका रूपमा रहँदा उनले आफूलाई एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रूपमा पनि बेलायतस्थित नेपाली डायस्पोरासँग नजिक रहेको बताएका थिए।
नेपाल र नेपालीको परिचय, पहिचान तथा प्रतिष्ठा बढाउने प्राज्ञिक, बौद्धिक, साहित्यिक र सांस्कृतिक गतिविधिहरूमा संलग्न हुन पाउँदा आफू हर्षित रहेको उनको भनाइ थियो।
त्यसक्रममा उनले बेलायतमा नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला, साहित्य, संगीत, संस्कार, संस्कृति, पर्व र परम्पराको संरक्षण तथा संवर्द्धन अपरिहार्य रहेको पनि उल्लेख गरेका थिए।
त्यतिबेला नेपाली राजदूतावासले बेलायतको नेपाली समाजसँग सहकार्य गर्दै विभिन्न कार्यक्रममार्फत भाषिक, साहित्यिक, साङ्गीतिक, सांस्कृतिक र कलाका क्षेत्रमा पुनर्जागरण ल्याउने प्रयास गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण