हिरासतमा दलित युवाको मृत्यु प्रकरण: जिल्ला प्रशासन अगाडि सांसदहरूको अनिश्चितकालीन धर्ना
सारांश
- सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु भएको छ।
- घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सांसद खगेन्द्र सुनारको नेतृत्वमा जनप्रतिनिधिहरूले सिन्धुली जिल्ला प्रशासन अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
- सांसदहरूले घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको छ । ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका सिन्धुली सुनकोशी गाउँपालिका–३ निवासी विक वैशाख ७ गते बिहान हिरासतभित्रै मृत फेला परेपछि पीडित पक्ष र अधिकारकर्मीहरूले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म आफूसहितका जनप्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य गेटमा अनिश्चितकालीन धर्नामा बस्ने जानकरी दिएका छन् । उनले यो प्रकरणमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), खुर्कोट इलाकाका इन्स्पेक्टर र डिउटी कमाण्डरलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सांसद सुनारले प्रहरीको आन्तरिक उच्च स्तरीय विज्ञ टोलीद्वारा छानबिन गरिनुपर्ने, संसदीय छानबिन समिति गठन गरिनुपर्ने र जाहेरवालालाई जातीय हिंसाको कसुरमा कारबाही गरिनुपर्ने सर्तहरू अघि सारेका छन् ।
धर्ना कार्यक्रममा सांसदहरू रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेल समेत सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण