सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

शुक्रबार, ११ वैशाख २०८३, १४ : १५
शुक्रबार, ११ वैशाख २०८३

धनुषा ।  मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप