कांग्रेस दलको नेता शनिबार साँझसम्म सहमतिमा चयन हुन्छ : रसाइली
शुक्रबार, ११ वैशाख २०८३, १५ : ५१
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेता चयन शनिबार साँझसम्म सहमतिमा हुने सहमहामन्त्री प्रकाश रसाइलीले बताएका छन्।
- दलको नेता चयनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सहममन्त्री तथा दलको नेता चयन गर्ने निर्वाचन समितिका संयोजक प्रकाश रसाली स्नेहीले पार्टीको दलको नेता शनिबार साँझसम्म सहमतिमा हुने बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा आज सुरु गर्ने भनिएको दलको नेताको निर्वाचन प्रक्रिया स्थगित भएको जानकारी दिँदै सहमहामन्त्री रसाइलीले नेता चयनका लागि उपसभापति विश्व प्रकाश शर्माको संयोजकत्वमा सात सदस्य समिति बनाइएको जानकारी दिए।
समितिमा अर्की उपसभापति पुष्पा भुसाल महामन्त्री दोय प्रदिप पौडेल र गुरुराज घिमिरे। तथा निर्वाचन समितिमा रहेका रसायली मुना भुसाल र राजु कटवाल सदस्य रहेको सह महामन्त्री रसाइलीले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण