सुधनको कारोबार विवरण चुहावट गरेको आरोपबारे के भन्छ नबिल बैंक ?
काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकको गोप्य सूचना र कारोबार विवरण सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारप्रति गम्भीर आपत्ति जनाएको छ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनयता फैलाइएका यस्ता सूचनाहरू पूर्ण रूपमा आधारहीन, प्रमाणविहीन र भ्रामक रहेको भन्दै त्यसको खण्डन गरेको हो।
विशेष गरी २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारका विषयमा प्रकाशित समाचारलाई लिएर बैंकमाथि प्रहार भएपछि नबिलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। सम्बन्धित समाचारमा कान्तिपुर दैनिकले नै स्पष्ट रूपमा अनुसन्धानरत निकायबाट प्राप्त गरेका विवरण भनी स्रोत खुलाएको अवस्थामा बैंकलाई मात्रै निशाना बनाउनु नियोजित दुष्प्रचार भएको बैंकको ठहर छ।
बैंकले कुनै पनि ग्राहकको विवरण ग्राहक स्वयं वा कानुनी प्रक्रिया पुर्याएर आउने अनुसन्धानकारी निकायबाहेक अन्य कसैलाई पनि उपलब्ध नगराउने स्पष्ट पारेको छ। यदि कसैले विवरण लिएको खण्डमा कुन कर्मचारीले कुन मितिमा र कुन प्रयोजनका लागि सिस्टमबाट विवरण निकालेको हो भन्ने कुरा बैंकको कोर बैंकिङ सिस्टममा सुरक्षित रहने जानकारी दिँदै बैंकले आफ्नो आन्तरिक सुशासन र गोपनीयता कायम राख्ने नीतिमा कुनै सम्झौता नहुने दोहोर्याएको छ।
चार दशक लामो इतिहास बोकेको नबिल बैंकले प्रचलित कानुन र बैंकिङ नैतिकताको उच्चतम पालना गर्दै आएको दाबी गरेको छ। सूचनाको स्रोत नै अर्कै भएको समाचारलाई बङ्ग्याएर बैंकको छवि धमिल्याउन खोज्ने व्यक्ति वा समूहमाथि विद्युतीय कारोबार ऐन, २०६३ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत बैंकले दिएको छ।
यस्ता भ्रामक हल्लाको पछि नलाग्न बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा आग्रह गर्दै भविष्यमा पनि सुरक्षित र विश्वसनीय सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
-
दुईदिने बिदा कसका लागि ?
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण