यस्तो छ पक्राउ परेका विक्रम पाण्डेसहित ९ जनामाथिको अभियोग
सारांश
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ई-गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत प्रवेश गरेको अभियोगमा विक्रम पाण्डे र टंक कुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
- पक्राउ परेका दुवै जनाले आफ्नो अनुकूल ठेक्का पार्न आर्थिक प्रस्तावका कागजातहरूमा हेरफेर गरेको आरोप लागेको छ।
- यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या ९ पुगेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी बोलपत्र आह्वान गर्ने प्रणाली ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’मा अनाधिकृत रूपमा प्रवेश गरी ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा थप दुई जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।
शुक्रबार पक्राउ पर्नेहरूमा कालिका कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ६४ वर्षीय टंक कुमार श्रेष्ठ रहेका छन्।
सीआईबीका अनुसार पाण्डे र श्रेष्ठमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त प्रणालीमा अनाधिकृत पहुँच पुर्याई बोलपत्रको गोपनीयता भंग गरेको आरोप लागेको छ।
उनीहरूले विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगाडि नै प्रणालीभित्र छिरेर 'इकोनोमिक प्रपोजल'का डकुमेन्टहरूमा हेरफेर गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ ।
आफ्नो वा आफूले चाहेको कम्पनीलाई ठेक्का पार्ने नियतले सरकारी डाटावेसमा अनधिकृत पहुँच बनाएर विवरण सच्याउनुलाई प्रहरीले गम्भीर अपराधको रूपमा लिएको छ।
ब्यूरोका अनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पाण्डेलाई चण्डोल र श्रेष्ठलाई सामाखुसीबाट नियन्त्रणमा लिइएको हो।
यस घटनामा अन्य प्राविधिक र बिचौलियाहरूको संलग्नताबारे पनि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण