बैतडीमा भरुवा बन्दुक पड्किएर घाइते भएका वडा सदस्यको मृत्यु
धनगढी । आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दान बहादुर ऐरीको मृत्यु भएको छ।
उपचारका क्रममा धनगढीमा आज उनको निधन भएको हो। बुधबार राति घरमा आफैँले भरेको बन्दुक चलाउने क्रममा छर्रा लागेर ४५ वर्षीय ऐरी गम्भीर घाइते भएका थिए।
उनलाई सोही राति जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढी ल्याइएको थियो।
घटनाको सुरुमा परिवारले ग्यास सिलिण्डर पड्किएर ऐरी घाइते भएको बताएका थिए। तर, प्रहरीको अनुसन्धान र सोधपुछका क्रममा भरुवा बन्दुक पड्किएर उनलाई गोली लागेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडुले जानकारी दिए।
प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण