भैरहवामा मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्था अनुगमन, १७ मेडिकल बन्द
भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नेतृत्वमा भैरहवा क्षेत्रमा सञ्चालित मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा अनुगमन गरिएको छ ।
मापदण्डविपरीत तथा इजाजतबिना सञ्चालन भइरहेको सूचनाका आधारमा गरिएको अनुगमनमा १७ वटा मेडिकल बन्द गरिएका छन् ।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक अशोक जीसी,जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिहरू सहभागी थिए ।
अनुगमनका क्रममा दर्ता नभएका तथा निर्धारित मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका मेडिकल क्लिनिक र फार्मेसीहरूलाई तत्काल बन्द गराइएको जनाइएको छ । सम्बन्धित निकायले स्वास्थ्य सेवामा गुणस्तर कायम राख्न र नागरिकको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगर्ने भन्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।
रुपन्देही डीएसपी गणेश सापकोटाका अनुसार अनियमित रूपमा सञ्चालन भइरहेका संस्थाहरूलाई कानुनी दायरामा ल्याउन कडाइका साथ अनुगमन अघि बढाइनेछ ।
बुटवलमा मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्था उपचार गराउँदा एक महिलाको हालै मृत्यु भएपछि प्रशासन भैरहवामा पनि अनुगमन गरेको हो । बुटवलमा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि अहिले उपचारका समग्न २ जना डाक्टर र निजी क्लनिक सञ्चालनसहित ५ जनामाथि अनुसन्धान जारी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण